Indrenionline.com

मुलुकी अपराधसंहिता विरुद्ध स्वास्थ्यकर्मीको आन्दोलन

काठमाडौं, १७ भदौ। भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराधसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलीत भएका छन् ।

उनीहरुले आज आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा अवरुद्ध गर्दै देशभरको स्वास्थ्य सेवा प्रभावित पारे । चिकित्सकहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित बनेका छन् । उपचारका लागि स्वास्थ्य संस्था पुगेर विरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भए ।

मुलुकी अपराधसंहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । उनीहरुले यो व्यवस्था खारे गर्न माग गरेका छन् ।