काठमाडौं, १७ भदौ । गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।
आवेदन दिएका कलेजलाई विश्वविद्यालयले धमाधम सम्बन्धन तथा नयाँ कार्यक्रम दिन थालेपछि सरकारले रोकेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले सम्बन्धन अगाडि नबढाउन विश्वविद्यालयहरूलाई पत्र पठाएको हो ।
तर, पछि विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यक्रम थपको लागि खुला गरेपछि अधिकाशं विश्वविद्यालयले त्यसकै नाममा व्यापार सुरु गरेका छन् ।
आयोगका सदस्यसचिव प्रा।डा। देवराज अधिकारीले कार्यक्रम थपका लागि विश्वविद्यालयले विज्ञापन गर्दा त्यही विषयमा मात्र गर्नुपर्ने बताए । स्नातकमा व्यवस्थापन सञ्चालन गरेको छ भने व्यवस्थापनको मात्र कार्यक्रम थप गर्न पाउने उनले बताए । नयाँ पत्रिकाबाट