इन्द्रेणी संवाददाता
रुकुम , १८ असार रुकुममा अरिंगालको टोकाई वाट रुकुममा एक बालकको ज्यान गएको छ । विद्यालय वाट घर फर्कने क्रममा वाटोमा अरिंगालले टोकेर चौरजहारी नगरपालिका-८ का ७ वर्षिय वालक विरेन्द्र वोहराको ज्यान गएको हो ।
विद्यालयवाट घर फर्कने क्रममा मृतक वालकका साथीहरुले अरिंगालको गोलोमा ढुगांहानेर जिस्काएकाले अरिंगालहरु आएर टोकेको अनुमान गरिएको स्थानिय डिल्ली खत्रीले जानकारी दिए ।
बालकको स्थानीय मेडिकलमा प्राथामिक उपचार पछि थप उपचारका लागी चौरजहारी अस्पताल लिने क्रममा वाटो मृत्यु भएको हो । अरिगांलले वालकको हात र टोउकोमा टोकेको थियो ।