Indrenionline.com

बिम्स्टेक शिखर सम्मेलन : गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प

काठमाडौं, १६ भदौ । बिम्स्टेक शिखर सम्मेलनले यस क्षेत्रको गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प गरेको छ। आपसमा ‘अर्थपूर्ण र सम्मानजनक सहकार्य’ गर्ने वाचासहित सम्मेलनले १८ बु“दे घोषणापत्र जारी गरेको हो।

बिहीबार राजधानीमा आरम्भ भएको बिम्स्टेक शिखर सम्मेलनले अबको युग एसियाको भन्दै आपसमा सम्मानपूर्वक सहकार्यमा जोड दियो। शुक्रबारको समापनमा सदस्य मुलुकहरूले आउँदो १२ वर्षमा यस क्षेत्रको गरिबी पूर्णतः अन्त्य गर्ने वाचा गरे। गरिबी अन्त्यको यस्तो वाचा बिम्स्टेकका सदस्य मुलुकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मार्फत तीन दशकअघि नै गरेका थिए।

अन्नपूर्णमा खबर छ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरे। श्रीलंकाले आगामी शिखर सम्मेलन आयोजना गर्नेछ।

सार्कमा शिखर सम्मेलन जुन मुलुकमा हुन्छ, सोही मुलुक अध्यक्ष हुन्छ भने यहा“ शिखर सम्मेलन गर्ने मुलुकले आउँदो सम्मेलन गर्ने मुलुकलाई अध्यक्षता हस्तान्तरण गर्ने चलन छ। सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले अध्यक्षता गरिरहेको थियो। अध्यक्षता हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले काठमाडौं सम्मेलनले बिम्स्टेकलाई नयाँ उर्जा थप्नुको साथै थप चलायमान र नतिजा दिने संगठनतर्फ उन्मुख बनाउन इ“टा थप्ने काम गरेको बताए।

समापन समारोहमा निवर्तमान अध्यक्ष ओलीले भने, ‘अहिलेसम्म गरेका र आज जारी घोषणापत्र कार्यान्वयनमा गए क्षेत्रीय साझेदारीको लाभ जनता समक्ष पुग्नेमा आशंका छैन,’ उनले भने, ‘यस क्षेत्रको समस्या भनेकै प्रतिबद्धतालाई काममा बदल्नु हो। यो चुनौती अझै छ। बिम्स्टेकको भविष्य आगामी नतिजामा भर पर्छ।’

२१औं शताब्दीलाई साझा प्रयासको शताब्दी भन्दै सामूहिक प्रयासबाट मात्र सदस्य मुलुकहरू सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्रीले सम्मेलनबाट पारित मुख्य १८ र समीक्षात्मक ३० बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबै सदस्यको उत्तिकै सक्रिय सहयोग, साथ, समर्थन प्राप्तिका साथै बराबर जिम्मेवारीबोध हुनेमा विश्वास व्यक्त गरे। १८ बुँदे भनिएको ९१८ मुख्य बु“दाअन्तर्गत विषयगत समीक्षाका ३० बु“दा० काठमाडौं घोषणापत्र जारी भएको छ। यसलाई परराष्ट्र अधिकारीहरूले ४८ बुँदे घोषणाका रूपमा पनि व्याख्या गरेका छन्।

यसपटक मुख्य बुँदाअन्तर्गत विभिन्न विषय र क्षेत्रगत व्याख्या गर्दै सहकार्यमा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गरे। सम्मेलन सफलताका लागि विविध तयारी गरेका बिम्स्टेक महासचिव शाहिदुल इस्लामप्रति खुसी व्यक्त गर्दै उनले पेश गरेको प्रतिवेदनलाई राष्ट्र एवं सरकार प्रमुखहरूले स्वीकार गरिसकेको सुनाए। मन्त्रीस्तरीय बैठकबाट पारित भएर इस्लामले तयार गरेको प्रतिवेदन शिखर सम्मेलनमा पेश भएको थियो।

प्रधानमन्त्री ओलीले नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय संगठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा आफ्नो कूटनीतिक साख र क्षमता प्रदर्शन गरेकोमा गर्व गरे। नेपालले अध्यक्षता ग्रहणपछिका साढे चार वर्षमा सबै सदस्यबाट उत्तिकै साथ र सहयोग पाएकोले शिखर सम्मेलन सफल भएकोमा उनले सबैप्रति आभार व्यक्त गरे।

नया“ अध्यक्ष श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भएका प्रतिबद्धता कार्यावन्यनमा आफ्नो पक्षबाट पूर्ण प्रयास हुने र त्यसका लागि सबैको उत्तिकै जोश र जा“गर अहिलेको जस्तै रहनुपर्ने बताए। उनले आफ्नो मुलुक सार्क र बिम्स्टेक दुवैप्रति उत्तिकै सक्रिय रहेर दुवै संगठनको सबलताका लागि लागिपर्ने बताए।

सम्मेलनको अन्त्यमा समेत सहभागी सातै मुलुकका राष्ट्र तथा सरकार प्रमुखले एक अर्कामा जोडिएर ९कनेक्टिभिटी० मात्र सफलतामा पुग्न सकिने विचार व्यक्त गरे। बिम्स्टेक मुलुकहरू स्थल, जल र हवाइमार्गले कुनेै न कुनै रूपमा जोडिनुपर्ने उनीहरूले बताए। विद्युत् प्रसारण लाइनमार्फत जोड्ने विषयमा भएको सहमतिले यो संगठनलाई एक कदम अघि बढाएको पनि चर्चा गरे।

नेपालको भूमिमा बिम्स्टेक सम्मेलन गरेर नेपालले क्षेत्रीय संगठनप्रतिको आफ्नो दृढता पुनः स्थापित गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। आफू करिब चार वर्षअघि सार्क शिखर सम्मेलनमा आएको र अहिले नेपालले नै बिम्स्टेक गर्दा आफू सहभागी हुन पाउ“दा नेपालले आफ्नो स्थायित्वतर्फको यात्रा तय गरेकोमा खुशी लागेको उनले जिकिर गरे। मोदीले यो धारणा भारतीय सहयोगमा पशुपति क्षेत्रमा निर्माण भएको धर्मशालामा आफ्नो धारणा राख्ने क्रममा पनि व्यक्त गरेका थिए।

बिम्स्टेक सदस्य मुलुकहरू सन् २०३० सम्म यस क्षेत्रमा थाती रहेको २० प्रतिशतभन्दा बढी गरिबीको पनि अन्त्य गर्ने विषयमा सहमत भएको बताइएको छ। संयुक्त राष्ट्र संघको दीर्घकालीन विकास लक्ष्यअनुरूप नै उनीहरूले यो सहमति गरेका हुन्। बिम्स्टेक सदस्यबीच भएको मुख्य सहमतिमा आतंकवाद र यससँग सम्बन्धित सबै प्रकारका कार्यस“ग लड्नका लागि सामूहिक पहलको विषय पनि अर्थपूर्ण रहेको भन्दै यसमा सहकार्यका लागि सबैले जोड दिए।

आतंकवादविरुद्ध लड्ने, विकासको आधार मानिएको कृषिमा आधुनिकिकरण गर्ने र यसको नया“ प्रविधि सहकार्य पनि घोषणामा छ। बिम्स्टेक भिसाको सहजीकरण, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण, व्यापार र लगानी बढाउने विषय पनि घोषणापत्रमा समेटिएको छ।