Indrenionline.com

बिम्स्टेक सम्मेलन : आतंकवादविरुद्ध साझा प्रतिबद्धता

काठमाडौं, १५ भदौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूका सरकार तथा राष्ट्रप्रमुखले आपसी सहयोगका विविध विषयमा साझा प्रतिबद्धता जनाएका छन् ।

व्यापार, यातायात, प्रविधिक विस्तार र गरिबी न्यूनीकरणका विषयमा बिम्स्टेकका सदस्य राष्ट्रहरूले सहकार्यमा ऐक्यबद्धता जनाएका छन् । बिहीबारदेखि राजधानीको सोल्टी होटलमा सुरु भएको सम्मेलनमा दिगो विकास, समृद्धि र शान्तितर्फ बंगालको खाडी भन्ने नाराका साथ अध्यक्ष राष्ट्रका हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरे ।

बिम्स्टेकको शिखर सम्मेलनमा आएका ६ वटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा सामूहिक तस्बिर खिचाउँदै ।

बिम्स्टेकमा नेपालसहित, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् । राजधानीमा खबर छ उनले सम्बोधन गरेपछि वणानुक्रमअनुसार सदस्य देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूले १५÷१५ मिनेट सम्बोधन गरेका थिए ।

बिम्स्टेकका १४ प्राथमिक क्षेत्रको विषयमा सबैले सहमति जनाए । त्यसमा दुई एजेन्डा थपिएका छन् । ‘ब्लु’ र ‘माउन्टेन’ अर्थतन्त्रलाई प्राथमिकतामा राखिएको छ । निःशुल्क व्यापार सम्झौता सहमतिमा पुगेको छ । भन्सार सहकार्य सम्झौता र मोटरबाहन सम्झौतासमेत रहेका छन् ।

प्राथमिक क्षेत्रमध्ये चारवटा भारतले सहकार्यका लागि नेतृत्व गरेका क्षेत्र छन् । जसमा आतंकवाद र अन्तरदेशीय अपराधविरुद्ध लड्न, यातायात एवं सञ्चार, पर्यटन, वातावरण र प्राकृतिक विपद् व्यवस्थापन रहेका छन् । यसमा अन्य सदस्य राष्ट्रको पनि प्रतिबद्धता छ ।

बिम्स्टेक राष्ट्रहरूबीच सामूहिक सैन्य अभ्यासले बिम्स्टेक क्षेत्रको विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।

कनेक्टिभिटीको क्षेत्रमा साझा पहल गर्ने विषयमा सबैको एकमत रहेको छ । जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास गर्ने विषयमा पनि सदस्य राष्ट्रहरूको मत मिलेको छ । त्यसैगरी, बिम्स्टेकको महŒव र यसलाई क्रियाशील बनाइरहने विषयमा समेत सबै सदस्य राष्ट्रले प्रतिबद्धता जनाए ।

यो समूहमा रहेका सात देशको जनसंख्या १ दशमलव ५ अर्ब रहेको छ, जुन विश्वको जनसंख्याको २१ प्रतिशत हुन आउँछ । यो समूहको जीडीपी २५ अर्ब डलर रहेको छ ।

बिम्स्टेकको मुख्य उद्देश्य बंगालको खाडी क्षेत्रमा रहेका दक्षिण एसियाली र दक्षिणपूर्व एसियाली देशबीच व्यापार र आर्थिक सहयोग स्थापना गर्नु हो । भारतकोे ‘छिमेक पहिलो’ भन्ने नीति सम्बोधन गर्न बिम्स्टेक प्रभावकारी भएको बताइएको छ भने नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराका लागि यो मञ्च महŒवपूर्ण रहेको बताइएको छ । बिम्स्टेक शुक्रबार काठमाडौं घोषणापत्र जारी गर्दै सकिनेछ ।