रोल्पा, १८ असार
रोल्पाको बागमारा बजारमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ ।
वास नेपालले आयोजना गरेको उक्त सडक नाटकमा पोषण, सरसफाई र जनस्वस्थ्य सम्बन्धी प्रस्तुति देखाइएको थियो भने चेतनामुलक गित र नृत्य पनि प्रस्तुत गरिएको थियो ।
युवा, आमा, बाल समूह तथा स्थानीयहरुको उपस्थितिमा सम्पन्न सडक नाटक प्रस्तुुत गरिएको हो । कार्यक्रम सुनछहरी कलाकेन्द्रका अध्यक्ष दिपिन थापाको अध्यक्षता र प्रतिष्ठानका जिल्ला कोषाध्यक्ष अशोक वलीको संचालनमा भएको थियो । आजै गैरीगाउँको तिलामा पनि सडक नाटक देखाइने बताइएको छ ।।