काठमाडौँ, ११ भदौ। आइतवार साँझ महोत्तरीमा अपहरण परेकी सात महिनाको बालिका हत्या भएको छ । बालिकाको शव सोमबार घरदेखि केही पर बगैंचामा फेला परेको छ । शवको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले बताएको छ ।
आइतबार साँझ ६ः३० मा पसलमा आएका अपरिचित व्यक्तिले बच्चाकी आमालाई म दाइलाई चिन्छु भन्दै बच्चा खेलाउन थालेको र सोही क्रममा झुक्क्याएर लगेको बालिकाका पिता सन्तोष चौधरीले बताए । वालिका मृत फेला परेकी छन् ।