रौतहट, १० भदौ । रौतहटको लालबकैया नदीमा हिजो साँझ ७ः३० बजे भएको डुङ्गा दुर्घटनामा बेपत्ता भएकाहरु मध्ये एक जनाको शव फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु खोजी र उद्धार कार्यमा जुटेका छन् । डुङ्गा दुर्घटना भएको १२ घण्टा बितेकोले नदीमा डुबेर बेपत्ता भएकाहरुको जीवित उद्धारको सम्भावना न्युन रहेको छ । ठूलो संख्यामा हताहतको परिणाम आउने आशंका गरिएको छ ।