इन्द्रेणी संवाददाता
अविरल वर्षाले घर भत्कँदा बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानामा एकजनाको मृत्यु भएको छ । बिहिबार साँझबाट परेको अविरल वर्षाले घर भत्कँदा राति करिब १ बजे स्थानीय वेहरी टोलका ४६ वर्षीय चोथाई माझीको मृत्यु भएको हो ।
राती घरमा एक्लै सुतेका माझीको घर भत्किएको देखेपछि स्थानीयले शुक्रबार विहान प्रहरीलाई खवर गरेका थिए । माझीको घर भत्किएर खसेको टायलले लाग्दा मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।
केही वर्ष अघि श्रीमतीले आत्महत्या गरेपछि माझी घरमा एक्लै बस्दै आएका थिए । मृतककोे शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरीले जानएको छ । बसन्त खतिवडाले नयाँ पत्रीकामा यो खबर लेखेका छन् ।
