डोल्पा, ५ भदौ । अविरल वर्षासँगै आएको पहिरोले डोल्पाको मुड्केचुला गाउँपालिकामा दुई घर पुरिएका छन् भने एक घर भत्किएको छ।
तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मीमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो।
शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन्। गाउँमा पहिरोको जोखिम वढेपछि बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन्।