Indrenionline.com

कविता : रितु खनाल

तिमी भन्छौ नारी किन रुन्छिन् ?
नारी समझदार छिन
निकै नै साहासी र सहनसिल छिन
आफ्नो दुख आफै कम गर्न आँखा बाट आँसु खसाल्छिन्
तर
तिमी भन्छौ नारी किन रुन्छिन् ?

नारी शक्तिलाई ईश्वरीए बास भन्छु म
नारी शक्तीलाइ विशेष भन्छु म
र त म भन्दैछु
मझेरिमा बसेर रोइरहेकी नारी कम्जोर होइनन्
उनलाई त खास भन्छु म

मजबुत काध छ बोझ उठाउन
कोमल छन हातहरु आराम महसुस दिलाउन
यति धेरै आत्मशक्ती छ नयाँ जिबलाइ धर्तिमा उभ्याउन हर्ष का आँशु खसाल्छिन्
तर
तिमी भन्छौ नारी किन रुन्छिन् ?

चट्टान सरह खडा हुने साहस छ
पिडा खपेर माफ गर्ने बिबेक छ
सम्बेदनशिल छिन
ममता माया र स्नेह बाड्न आँखा बाट खुसीका आँसु खसाल्छिन्
तर
तिमी भन्छौ नारी किन रुन्छिन् ?

जब नारी आफ्नो कम्जोर मनलाई स्ट्रङ अनि स्मार्ट बनाउन चाहन्छिन
शिर उचो बनाएर हिड्न चाहान्छिन
सारा दुखाइ लाई प्रेमभाबले साट्न चाहान्छिन्
बह कम गर्न आँखा बाट आँसु खसाल्छिन्
तर
तिमी भन्छौ नारी किन रुन्छिन् ?