काठमाडौं, ४ भदौ । आइतवार राति फ्रान्सका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वराजदूत झाको बबरमहलस्थित घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै आएका झालाई घरकै चक्कु प्रहार गरी हत्या गरिएको थियो। उनकी श्रीमती घरको तल्लो तलामा र उनी माथिल्लो तलामा सुत्दै आएका थिए। उनी सुत्ने कोठाको झ्यालको जाली च्यातिएको अवस्थामा रहेको छ।