काठमाडौँ, ४ भदौ । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाउनु एक महिना अघिदेखि विदामा बसेपछि रथी थापाले साउन २५ गते देखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।