Indrenionline.com

नेविसंघ महाधिवेशन मङ्सिर २ गते

काठमाडौंँ, ३ भदौ । नेपाल विद्यार्थी सङ्घको १२ औं महाधिवेशन आगामी मङ्सिर २ गते हुने भएको छ । सङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीबाट गठित सहजीकरण संयन्त्रले तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी समय थप गरेको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रलाई नेविसङ्घका विद्यार्थी नेताहरूले तीन महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महाअधिवेशन तयारीसम्बन्धी कार्यतालिकालाई आधार मानेर संयन्त्रले मङ्सिर २ गते महाधिवेशन गर्न निर्देशन दिएको हो ।