इन्द्रेणी संवाददाता
दाङ, १८ असार
दाङमा जीपको ठक्करवाट एक युवक घाइते भएका छन ।
जीपको ठक्करवाट देउखुरी सिसहनिया ८ बस्ने २२ वर्षका दिनेश चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले वताएको छ ।
घाइते चौधरीको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार पछि नेपालगंज रिफर गरिएको छ । ठक्कर दिने जिप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।।