Indrenionline.com

सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गर्ने एकजना पक्राउ

काठमाडौं, १ भदौ । आजदेखि लागू भएको नयाँ मुलुकी संहिताको विरोधमा एक युवाले सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गरेका छन् ।

नयाँ मुलुकी संहिता र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनले “जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर” लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

एकैछिनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिकिन काम्वाङ लिम्बु रहेका छन् । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । लिम्बुलाई वृत्तको हिरासतमा राखिएको छ ।