Indrenionline.com

चार अर्ब कर छली गर्ने तीन फम सरकारी नियन्त्रणमा

काठमाडौं, १ भदौ । सरकारले चार अर्ब एक करोड ३६ लाख राजस्व अपलचन गरेको अभियोगमा तीनवटा फमलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका फममध्ये शिव इन्टरप्राइजेज र मण्डला इन्टरप्राइजेजबिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ भने हिमालयन कार्गोको मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हिमालय कार्गोबाट दुई अर्ब ७२ करोड राजस्व असुल गर्ने गरी शुक्रबार मुद्दा दर्ता गर्न लागिएको जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ यो रकम बिगो र जरिवानासहितको हो । उनले भने, ‘यसमा ६ जना भन्सार कार्यालयका कर्मचारी पनि तानिँदै छन् ।’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुखसहित अन्य पाँच जना भन्सारका कर्मचारी पनि यसका दोषी देखिएका छन् ।

‘हिमालय कार्गोका सञ्चालक विनोद गुप्तासहित उनकी श्रीमती मधु गुप्ताले ४५ करोड ४२ लाख रुपैयाँ कर छलेको पाइएको छ’, मैनालीले भने, ‘दुवै ैजनाले बिगो माग दाबी र जरिवानसहित दुई अर्ब ७२ करोड राजस्व छलिको अभियोगमा मुद्दा दर्ता गर्न लागिएको हो ।’ राजस्व अनुसन्धान विभागले गुप्तालाई आयकर छली र भन्सार शुल्क नै नतिरी सामान भित्र्याएको र भएका बिलबिजक समेत नष्ट गरे प्रमाण लुकाएको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । जेठ २७ मा नोभा ब्रान्डको घिउ र पाउडर दूध लिएर काठमाडौं आएका करिब डेढ सय ट्रक नियन्त्रणमा लिएर विभागले अनुसन्धान गरेको थियो ।

राजस्व नबुझाइ आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्म गुप्ताले वार्षिक पाँच हजारका दरले साना करदाताका रूपमा कर बुझाउँदै आएका छन् । अभियुक्त गुप्ताको काठमाडौंमा करिब दुई अर्बभन्दा बढीको सम्पत्ति छ भने उनी भारतीय सनसाइन कम्पनीका मालिक हुन् । भारतीय मूलका उनले नेपाली केटीसँग विवाह गरेर नेपालमा विभिन्न फममार्फत अवैध धन्दा सञ्चालन गरिरहेका छन् । गुप्ताको कुलेश्वरमा कार्गो कार्यालय छ भने सीतापाइलामा १७र१८ रोपनीमा फैलिएको गोदाम छ ।

राजस्व अपचलनको अभियोगमा हिमालयन कार्गोको कार्यालय र गोदाममा विभागले असार २० गते सिल गरेको थियो । सोही बेलादेखि कार्गो सञ्चालक गुप्ता प्रहरी हिरासतमा छन् भने उनकी श्रीमती मधु गुप्ता फरार छिन् ।

यस्तै राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले एक अर्ब २३ करोड राजस्व छलेको अभियोगका शिव इन्टरप्राइजेजका नाममा जिल्ला अदालत रुपन्देहीमा गत सोमबार मुद्दा दर्ता गरेको छ । चोरी पैठारी गरी समानान्तर, झुट एवम् नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल बनाउन, नक्कली फम खडा गर्ने, भन्सार महसुल नतिरी भन्सारबाट सामान बोकेको गाडी पास गराएको अभियोगमा फम सञ्चालक तथा मतियारबिरुद्धमा मुद्दा दायरा गराएको महानिर्देशक मैनालीले बताए ।

दुई अर्ब ७२ करोड : हिमालय कार्गो
एक अर्ब २३ करोड : शिव इन्टरप्राइजेज
अजिमा इन्टरप्राइजेज : ६ करोड ७९ लाख