जाजरकोट, २९ साउन । जाजरकोटको नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिराले दुई घर पुरिएको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।
पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने सो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । जाजरकोट र रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ । रासस