Indrenionline.com

कर्णाली नदीले तटबन्ध भत्कायो, वस्ती खतरामा

टीकापुर, २९ साउन । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका(५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध भत्काएको छ। रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध कर्णाली नदीको कटानले भत्काएको हो।

शाहीपुरमा नदीले तीब्र कटान गरिरहेको छ। आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा झण्डै दुई मिटर मात्रै बाँकी रहेको छ। तटबन्ध कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको स्थानीयले बताएका छन्।तटबन्ध कटान भए बाढीले टीकापुर नगरपालिकाको ५ शाहीपुर, सिम्रेनी ६ का केही भाग, ७ को सत्ती, र ८ को धनसिंहपुर प्रभावित हुनेछ।

चार वर्षअघि गरिएको तटबन्ध नदीले कटान गर्न थालेपछि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जैविक तटबन्ध बनाई कटान नियन्त्रणको प्रयास गरिरहेका छन्। अन्नपूर्णमा खबर छ- नदीमा पानीको बहाव घटेपनि कटान तीब्र भएका कारण नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा जैविक तटबन्ध बनाउन सुरु गरिएको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए।

नदीको कटान रोकिएको छैन, हामी सबै मिलेर नियन्त्रणका लागि पहल गरिरहेका छौुं प्रमुख रावलले भने। नदीको कटान रोक्नका लागि रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले बोरा, बाँस, डोरी र ग्राभेल उपलब्ध गराएर काम गरिरहेको छ। ुहामीले प्राविधिक सहयोग गरिरहेका छौुं, आयोजनाका इञ्जिनियर महेशकुमार चौधरीले भने, नदीले झण्डै ५० मिटर जति कटान गरेपछि तटबन्ध भत्किने अवस्थामा पुगेको हो।ु

स्थानीय बासिन्दाले नदी कटानबारे स्थानीय सरकारलाई एक हप्ता अगाडि नै जानकारी गराए पनि बेवास्ता गरेको स्थानीयको आरोप छ। सोमबार कर्णाली नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो।