महोत्तरी, २८ साउन । करीव तीन वर्ष अघि मारिएका शसस्त्र प्रहरी असई थमन विकको हत्या अभियोग लागेका अभिराम शर्माले जिल्ला अदालत जलेश्वरमा आत्मसमर्पण गरेका छन् ।
शर्मासंगै थप २८ जनामाथि सो अभियोग लागेकोमा तीन जनालाई प्रहरीले पहिले नै पक्राउ गरेको थियो । ती मध्ये मोहन ठाकुर हाल तारेखमा रिहा भई मुद्दा लड्दैछन् भने दुई जना पुर्पक्षको लागि थुनामा छन् ।