Indrenionline.com

इच्छुकको स्मृतिमा प्राबिधिक शिक्षालय स्थापना

केशरमान बुढाथोकी
दाङ २८ साउन । सहिद पत्रकार तथा कवि कृष्णसेन इच्छुकको स्मृतिमा इच्छुक स्मृति बहु प्राबिधिक शिक्षालय स्थापना हुने भएको छ ।

देशमा दिनानुदिन बेरोजगार युवाहरूको संख्या बढिरहेकाबेला युवाहरूलाई प्राबिधिक तथा व्यावसायिक शिक्षा प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले दाङको घोराहीमा इच्छुक स्मृति बहु प्राबिधिक शिक्षालय सन्चालन गर्न लागिएको नेपाल कमन्युष्ट पार्टीका केन्द्रीय सदस्य जीवन गौतमले जानकारी दिए ।

नेकपाका केन्द्रीय सदस्य जीवन गौतमको बिशेष पहलमा शिक्षामन्त्री तथा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभीटी) अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षमा बसेको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना हुन थालेको शिक्षालयले घोराही उपमहानगरपालिकाबाट जग्गा उपलब्ध भए यसै बर्षबाट फरेस्टी बिषयको अध्यापन सुरु गरिने र आगामी बर्षबाट अरु नयाँ बिषय थपिने पहलकर्ता जीवन गौतमले जानकारी दिए ।