Indrenionline.com

औषधि लिन हिडेका युवकको बाटोमा शव

बाँके, २५ साउन । नेपालगञ्जका एक युवकको बाटोम शव भेटिएको छ ।

शुक्रबार बिहान औषधि लिन बजार निस्केका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरीको शव पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भे २ प १६५५ नम्बरको मोटरसाइकलमा सवार कोरीको शव नजिकै मोटरसाइकल पल्टिएको अवस्था छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भई शरीरमा चोट लागेर कोरीको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।