तुलसीपुर, २४ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई भेटेर तुलसीपुरको विकासका वारेमा कुरा राखेका छन् ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले तुलसीपुरको विकासका लागि आफु प्रतिवद्ध रहेको वताउँदै प्रदेश सरकारका तर्फबाट कुनै पनि कमी नहुने वताएका थिए । ‘प्रदेश सरकारले आवश्यक वजेटका लागि कुनै पनि कन्ज्युस्याई गर्ने छैन ’ मुख्यमन्त्री पोख्रेलले भने । उनले तुलसीपुरलाई संस्कृत विश्वविद्यालयलाई आयुर्वेदको हवका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको समेत वताएको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।