असार , १८ काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफुले क्रिकेट प्रेमीहरुको चाहाना अनुसार काम गर्न नपाएको भन्दै पदबाट अलग हुने घोषणा गरेकी छिन्। शुक्रबार साँझ ट्विट गर्दै उनले क्रिकेट संघको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएकी हुन् ।
अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई वढि योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।’
रातोपाटीमा खबर छ