इन्द्रेणी संवाददाता
काठमाडौ , २३ साउन । आफ्नो पार्टीका प्रबक्ता खड्ग बहादुर विश्वकर्मा “प्रकाण्ड ” लगाएतका नेतानेताहरुलाई प्रहरीले पक्राउ गरेपछि बिप्लब नेतृत्वको नेकपाले यहि साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।
नेकपाका महासचिव नेत्रबिक्रम चन्द “बिप्लब ” ले बुधबार एक प्रेस बिज्ञप्ती जारी गरि राजनीति प्रतिसोधका आधारमा आफ्नो पार्टीका प्रबक्तालाई पक्राउ गरेकाले तत्काल रिहा नगरे कडा आन्दोलनमा उतृने जारी बिज्ञप्तीमा भनिएको छ ।
