हेटौंडा, २३ साउन । हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो ।
आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।