सोलुखुम्बु, २३ साउन । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा हराइरहेका तीन जना विद्यार्थी नभेटिएपछि खोजीका लागि शसस्त्र प्रहरीका पाँच जना गोताखोरको टोली त्यहाँ पुगेको छ । मौसम प्रतिकूल भएपछि हेलिकोप्टर जान नसक्दा गोतोखोरको टोली हिँडेर नै ताल पुगेको छ ।
शुन्य डिग्री सेल्सियस तापक्रममा रहने उक्त तालमा यति लामो समयसम्म नभेटिएपछि ती बालकहरु जीवित भेटिने आश मरिसकेको स्थानीयको भनाइ छ । गोक्यो हिमताल समुन्द्री सतहबाट चार हजार ७५० मिटरको उचाईमा पर्दछ । हाइ अल्टीच्युटमा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सँधै माइनस २ डिग्री सेल्सियस भन्दा कम हुन्छ ।