Indrenionline.com

भदौको पहिलो साताभित्र सबै तहमा पार्टी एकता हुन्छ : प्रचण्ड

पर्सा, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुग्नुभएका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन् ।

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे । उनले भने, ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’