Indrenionline.com

सदरमुकाम दुनै उच्च जोखिममा

डोल्पा, २२ साउन । केही दिनदेखि परेको अविरल वर्षाका कारण डोल्पाको सदरमुकाम दुनै भएर बग्ने भेरीमा १२ वर्षपछिकै ठूलो बाढी आएको छ । लाखौं क्युसेक पानी एक्कासि बढेपछि स्थानीयहरू त्रसित भएका छन् । ‘१२ वर्ष अघिसम्म यसरी भेरी उर्लिएको देखेको थिइनँ,’ ६७ वर्षीय बलबहादुर रोकायाले भने ।

भेरीको किनारामा बनेका करिब तीन दर्जन घर र दुई दर्जन टहरा उच्च जोखिममा छन् । हिउँदमा भेरीको किनारा मिचेर बनाइएका घर तथा टहरा र शौचालयहरू भेरीको बहाव बढेपछि उच्च जोखिममा परेका हुन् । भेरीको बहाव बढेसँगै धार बदलिए वरपरका घरमा पानी पसेको हो ।

जिल्ला सदरमुकाम दुनै पनि भेरीको बहावका कारण हरेक वर्ष उच्च जोखिममा रहने गर्दछ । हालसम्म कुनै पनि खतराका पूर्वसूचना दिने यन्त्र तथा पूर्वसूचना केन्द्र भने छैनन् । राजधानीमा खबर छ- भेरीले केही मिनेटै मात्र धार परिवतर्न गरेमा करोडांैको क्षतिका साथै मानवीय क्षति समेत बेहोर्नुपर्ने भए पनि सरकारले कुनै चासो नदिएको स्थानीय लेखनाथ केसीले बताए ।