दाङ, २१ साउन । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल ५ नम्वर प्रदेशको प्रथम अधिवेसन बुटवलमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको अधिवेसनले बसन्ती अधिकारीको अध्यक्षतामा ५० सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।
प्रदेश अधिवेसनले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको असोजमा हुन गइरहेको महाधिवेसनकालागि केन्दीय प्रतिनिधि पनि चयन गरेको छ । जसमा दाङबाट केन्द्रीय प्रतिनिधिमा पुरुष तर्फ वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्का, वन महासंघका निर्वतमान अध्यक्ष शोभाकर सापकोटा, कुलबहादुर लामिछाने, हेमराज शर्मा र मानबहादुर वली निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि महिलातर्फ सावित्रा राना, सीता डाँगी, गीता कुमारी पौडेल, रीता बिक र बिष्णुमाया घिमिरे निर्वाचित भएका छन् ।