दाङमा छरुवा ( डिएसआर ) प्रबिधिबाट धान खेति शुरु गरिएको छ । पहिलोपटक लमही नगरपालिकाको खैरीगाउमा छरुवा बिधि बाट धान खेति शुरु गरिएको हो । थोरै जनशक्ती, लाग्ने र कम पानिमा पनि राम्रो उत्पादन लिन सकिने भएकाले लमही नगरपिालिका ९ खैरि गाउ छेउको खेतमा यो प्रबिधिबाट धान खेति गरिएको छ ।
नेपाली कांग्रेस घोराही नगरपालिका वार्ड नं ८ ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । ईकाई सभापति शिवु प्रसाद घिमिरेको अध्यक्षता एंव नेपाली कांग्रेस जिल्ला सदस्य कमानसिंह भारतीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले पार्टीको संगठन विस्तार गर्ने,नियमित बैठक राख्ने र ईकाई कमिटिका लागी कार्यालय खोल्ने लगायतका विषयमा निर्णय गरेको छ ।।