दाङ १७ घोराही । एचआईभी एड्स , मानब बेचबिखन तथा सामाजिक भेदभाब बिरुद्ध युवा सशक्तिकरण कार्यक्रम अन्र्तगत आज घोराहीमा बिद्यालयका प्रधानध्यापक तथा शिक्षक नायकहरुको दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्धारा सञ्चालित कार्यक्रम लागु भएका गाबिसका माध्यामिक बिद्यालयका प्रधानध्यापक तथा शिक्षकनायकहरुको सहभागीता रहेको छ ।
दुई दिन सम्म चल्ने गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्धारा कार्यक्रम सञ्चालित हापुर ,साबिक नारायनपुर गाबिसका माद्ययामिक बिद्यालयका साथै ढिकपुर ,बिजौरी,हलवार सौडीयार , घोराही नगरपालिकाका केही माध्यामिक बिद्यालयका प्रंअ र शिक्षक नायकहरुको सहभागीता रहेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायन आर्चायको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यशाला गोष्ठीमा दाङ प्लसका प्रकाश नेपाली , ब्लु डाईमन सोसाईटीका मुस्कान डिसी,जिल्ला परीवार नियोजन संघका बासुदेब बिष्ट, जुनियर युवा जिल्ला संयोजक भिमलाला मरासैनी लगायतकाले बोलेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मदन गौतमले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको बिषयबारे सहजकर्ता कष्णा कार्कीले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत चन्द्रकला खड्काले गरेकि थिईन् ।