काभ्रेको तेमाल गाउँपालिका-१ मा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । तेमाल स्थित देच्छेलिङ गुम्बा परिसरमा बालिका तामाङको शव फेला परेको हो ।
बालिकाको बलात्कारपछि नाक मुख थुनी हत्या गरिएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । असार २० गते रातिको घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले साउन १३ गते आइतबार मात्र पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।
बारा बारागढी गाउँपालिका – ६ का २३ वर्षीय जोखन मन्सुरले मादक पदार्थ सेवन गरी एलिसाको हत्या गरेका हुन् । फुपु मिना तामाङ र जोखन मन्सुरले यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
मन्सुर(मीनाबीच यौन सम्पर्क हुँदा एलिसाले देखेकी र सोही घटना लुकाउने प्रयासमा चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
बालिकाको शव असार २० गते नै योनिमा तथा मलद्वारमा घाउ भएको अवस्थामा फेला परेको हो । १३ वर्षीया बालिका हत्या प्रकरण : ७२ घण्टापछि शवको अन्त्येष्टी । नयाँ पत्रीकाबाट
