काठमाडौं, १४ साउन । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ।
कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।
उता काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। अन्नपूर्णमा पोष्टमा खबर छ- असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।
फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका(६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्।
मन्सुर(मीना बीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतामो हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए।
प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर(मीनाबीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन्। चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेका खुलेको एसपी खड्काले जानकारी दिँदै भने।
