असार १७ तुलसीपुर । नेपाली काँग्रेसका युवा नेता एवम प्रदेश नं. ५ का संयोजक दिपक गिरीले मुलुक अहिले अत्यन्तै अप्ठेरो परिस्थिति वाट गुज्रीरहेको वताउनु भएको छ । राप्ती बबई क्याम्पसमा शुक्रवार साहित्य कलाकारिता मञ्चले आयोजना गरेको बबई कोसेलीको लोकार्पण गर्दै नेता गिरीले नेपालमा नयाँ सम्विधान जारी भई सक्दा पनि कार्यान्वयन हुँन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “मुलुकमा थप संक्रमणकाल लम्वीदै छ हामी प्रतिपक्षको भुमीका वाट निकास दिन चहान्छौ ।” सवै दलहरुका भावनालाई समेटेर नयाँ सम्विधान कार्यान्वयन गर्दै अव सम्वृद्धी तर्फ लाग्नु पर्ने नेता गिरीको भनाई रहेको छ ।
कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रंका केन्दीय सदस्य कुवेर वली,नेपाली काँग्रेस क्षेत्र नं. ५ का सभापती वसन्त देवकोटा, तरुनदल दाङका अध्यक्ष टिका घर्ती, क्याम्पस संचालक समितिका अध्यक्ष गोपिनाथ योगी, क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, पुर्व अध्यक्ष मानवहादुर डाँगी, पुर्व क्याम्पस प्रमुख महेश आचार्य, प्राध्यापकहरु पव्लीक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य एवम प्रजातन्त्र वादी प्राध्यापक संघका अध्यक्ष युवराज रावत, सहायक क्याम्पस प्रमुख गणेश पार्धे, तुलसीपुर नगर जेसिजका पुर्व अध्यक्ष झरेन्द्र खरेल, विद्यार्थी नेताहरु जितेन्द्र प्रकाश वली, अरुण लहरे, रमेश मल्ल लगाएतले वोलेका थिए । कार्यक्रम प्राध्यापक वावुराम आचार्यले बबई कोसेलीको समिक्षा गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सम्पादक अमृतकाजी शर्माले गर्नु भएको थियो ।