Indrenionline.com

सर्बोदयमा पल्लवी र सहनशीलाको खोजी

घोराही । राप्तीकै सबै भन्दा पुरानो सर्वोदय पुस्तकालयमा पुस्तक अनि पत्रपत्रिका पढ्नेहरुको दिनहुँ भिँड लाग्छ । पुस्तकालयमा केही पुस्तकहरु र पत्रपत्रिकाहरु छन् ।

आर्थिक अभावका कारण पुस्तकालय सञ्चालक समितिले सबै जसो पुस्तकहरु पुस्तकालयमा राख्न सकेको छैन ।

यहीक्रममा चर्चित उपन्यासकार सविन प्रियासनले प्रकाशन गरेको पल्लवी र सहनशीला उपान्यासको खोजी पाठकहरुले अत्यधिक गरेपछि समितिका पदाधिकारीहरुले पुस्तक सौजन्य गर्न लेखकलाई माग गरेका छन् ।

सर्वोदयका अध्यक्ष सुशील गौतम, सचिव सुदीप गौतमको आग्रह्लाई स्विकार गर्दै प्रियासनले सर्वोदयलाई आफूले लेखेको पल्लवी, सहनशीला, पुनरागमन लगायतका उपन्यासहरु उपलव्ध गराउनु हुने भएको छ ।

सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले दिनहुँ उपन्यासकार प्रियासनले लेखेको पुस्तकहरुको खोजी गर्दै पाठकहरु आउनेक्रम बढेको जानकारी दिनुभयो ।

यस विषयमा उपन्यासकार प्रियासन भन्नु हुन्छ, ‘सर्वोदय पुस्तकालयमा मात्र नभएर अन्य पुस्तकालयमा पनि मैले लेखेको उपन्यासको माग अत्यधिक आएको छ । म सबैलाई उपलव्ध गराउँछु ।’

उपन्यासकार प्रियासन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष पनि हुनुहुन्छ । जिल्लामा चर्चाको शिखरमा रहेका प्रियासनले लेखेका उपन्यासहरु सहज, पठनिय र सन्देश मुलक भएकाले पनि पाठकहरुले उहाँका उपन्यासहरु रुचाएका हुन् । उपन्यासकार प्रियासनले लगत्तै सेल्फी उपन्यास निकाल्ने तयारी गरिरहनुभएको छ । चेेतना अनलाइनमाा खबर छ ।