इन्द्रेणी संवाददाता
जुम्ला, ३ साउन । २० दिनेदेखि जुम्ला अस्पतालमा अन्शनरत प्राध्यापक डाक्टर गोविन्द केसी अन्त: काठमाडौं फर्कन सहमत भएका छन् ।
आफ्ना समर्थकमाथि प्रहरीको लाठी चार्ज र दमन देख्न नसक्ने भन्दै उनी काठमाडौं जान सहमत भएको बताइएको छ । यसैबीच अनशनरत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान डाक्टर केसीलाई प्रतिष्ठानबाट निकालेर काठमाडौँ पठाउन प्रयासरत प्रहरी र केसीका समर्थक तथा विद्यार्थीहरुबीच झडपभएको छ । झडपमा दर्जनवढी घाइते भएका छन् ।
डाक्टर केसी अनशनरत प्रतिष्ठानमा पस्न खोजेका प्रहरीलाई रोक्न भेला भएका विद्यार्थीसँग झडप भएको थियो । झडपका क्रममा गोली चल्दा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । छातीमा गोली लागेको बताइएको छ । झडपका क्रममा अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।