काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् ।
यसअघि प्रत्येक बैठकमा दुई अध्यक्षले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र त्यसक्रममा मर्यादाक्रम हेरफेर हुने गरी विधान तयार भएको थियो । जसले अध्यक्षता गर्छ, उसैको मर्यादाक्रम पहिलो नम्बरमा हुने प्रस्तावित व्यवस्थालाई परिवर्तन गर्दै अब नेकपाको हरेक बैठकमा दुवै अध्यक्षले संयुक्त अध्यक्षता गर्नेछन् ।