गोरखा, २ साउन । गोरखामा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ ।
शहीद लखन गाउँपालिका गाउँपालिकाको वडा नं. ६, अँधेरीमा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको हो ।
नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।