सुर्खेत, २ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको वताएका छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुवाघाटमा आयोजित सिमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्ताणतरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको वताएका हुन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भूमिहीन भएर वस्नुनपर्ने वताए । सवै किसिमका भुूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भुूमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए ।