काठमाडौंँ, १ साउन । निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता शुरु गरेको छ ।
स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावली नाम नभएका नागरिकहरूलाई नाम दर्ता गरेर मतदानमार्फत सार्वभौमसत्ताको प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।