काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका थिए ।
बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाएका थियो । साथै, स्व आलमको निधनमा सांसदले आ–आफ्नो स्थानबाट उठी एक मिनेट मौनधारणासमेत गरेका भिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार अपराह्न १ः०० बजे बस्नेछ । रासस