सल्यान, १७ असार । मोहन वैद्यले नेतृत्व गरेको नेकपा– माओवादीवाट अलग भएको बादल समुह र प्रचण्ड नेतृत्वको एमाओवादी पाटीबिच सल्यानमा पनि एकता भएको छ । विभिन्न माओवादी बिच एकता भएर नेकपा माओवादी केन्द्र भएपछि त्यसकै निरन्तरतामा सल्यानमा पनि एकता भएको घोषणा गरिएको हो ।
माओवादी पाटीबिचको एकताले शहिद परिवार, वेपत्ता परिवार, घाइते अपांग तथा समस्त आम नेपालीमा नयाँ आशा दिलाएको मल्लको भनाइ छ । पाटी एकतासँगै एमाओवादी छदा सल्यानका अध्यक्ष रहेका कर्ण बहादुर बुढाथोकी छहारीको संयोजत्वमा २ सय ५१ सदस्सीय सम्मेलन आयोजक समिति गठन गरिएको छ ।।