सल्यान, १७ असार । सल्यानलाइ आज देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिदैछ । जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै आज खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।
जिल्लालाई खुल्ला दिसामुक्त बनाउने गरी विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले काम गरिरहेको छ ।।