Indrenionline.com

निषेधित क्षेत्र तोड्न गएका कृष्ण पहाडीसहित १० जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, २६ असार । सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै तोकेको निषेधित क्षेत्रमा धर्ना बस्न गएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित दश जनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सिंहदरबारको दक्षिण गेटमा धर्ना बस्न गएकावेला प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य र शिक्षामा बढ्दो माफियाकरण हट्नुपर्नेसहित माग गर्दै दक्षिण गेट अगाडि धर्नामा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको मानवअधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले बताए ।