काठमाडौं, २६ असार | उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणका लागि निमन्त्रणा दिएको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
‘उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षको अवसरमा अध्यक्ष प्रचण्डलाई आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गर्नुभयो,’ प्रचण्डको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उत्तर कोरियाले किन बोलायो प्रचण्डलाई ?
