काठमाडौँ, १७ असार । राष्ट्रिय खेलकुद परिषद् ( राखेप )को आयोजनामा प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष / महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुनेछ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।