स्याङ्जा, २१ असार । आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र निजको फिस्टेल अस्पताल पोखरामा नै उपचार भइरहेको छ ।
रड प्रहार गरी घाइते बनाउने मृतकका आफ्नै ज्वाइँ खुमबहादुर थापालाई निजकै घरबाट पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस