काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बिहीबार बस्ने भएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा थपेका प्रावधान संशोधन नगरे कांग्रेसले विधेयक संसदमा प्रस्तुत गर्न नदिने बताइरहेका बेलामा अब त्यो विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठ बताए ।