Indrenionline.com

महुली पुल भासिएपछि……….

सप्तरी, २० असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका –५, स्थित महुली पुल भाँसिएको छ । पुल भासिएपछि केही समय आवागमन बन्द रहयो भने केहीवेर अघि मात्रै एकतर्फ यातायात सञ्चालनमा आएका छन् ।

दुई–तीन दिनदेखिको अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण झण्डै २५ मिटरजति पुल भासिएको वडा ध्यक्ष श्रीप्रसाद यादवले बता्ए ।
पुल करीव १० इन्च भासिएको छ भने बिस्तारै–बिस्तारै भासिने क्रममा रहेको स्थानीयले बताएका छन् । पुलको एकसाइड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।